अयोग्य लडाकुहरूलाई छिटोभन्दा छिटो २ लाख रुपैयाँ उपलब्ध गराउनुपर्छ : सचिव पौडेल


काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेललेले अयोग्य लडाकुहरूलाई छिटोभन्दा छिटो २ लाख रुपैयाँ दिनुपर्नेमा जोड दिएका छन् ।

सचिव पौडेलले सरकारले अयोग्य लडाकुहरूलाई दिने भनिएको २ लाख रुपैयाँ छिटो दिइनुपर्ने बताएका हुन् । यस अघिकै सरकारहरूले गरेको निर्णय भएको भन्दै वर्तमान सरकारले प्रक्रिया मात्रै अगाडी बढाएको पौडेलको भनाई छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा पौडेलले भनेका छन्,“बहिर्गमित लडाकुहरूले ल्याएको प्रणालीमा रसस्वादन गर्न कसैले छेकेन । अनि उनीहरूलाई राज्यले अलिअलि सम्झिदाखेरी कर्मचारी, शिक्षक, प्रहरीको कुरा तेस्र्याउन आवश्यक छ र ? कर्मचारी, प्रहरी, शिक्षकले तलव पाउनुपर्छ । राज्यले दिन्न कहीँ भनेको छैन । दिन्न भनेको छ र रु दिन्छ नि राज्यले । घाटा लागेर, केही भएर पनि जसरी पनि व्ययभार सम्हाल्छ ।”

आयोग्य लडाकुहरूलाई २ लाख रुपैयाँको दरले दिँदा करिब एक अर्ब रुपैयाँ खर्च हुने भन्दै सो रकम राज्यले व्यहोर्न सक्ने बताए ।

उनले वर्तमान राजनीतिक परिवर्तनका निम्ति लडाकुहरूको योगदान रहेको उल्लेख गर्दै उनीहरूको योगदानको सम्मान हुनुपर्ने पौडेलको भनाई छ ।

सचिव पौडेलले राज्यले अयोग्य लडाकुहरूलाई रकम दिदाँ देश कङ्गाल र बर्बाद हुन्छ भन्नु राजनीतिक परिवर्तनका निम्ति लडेका योद्धाहरूको अपमान हुने तर्क गरे ।