नेप्सेमा स्वावलम्बन लघुवित्तको बोनस सेयर सूचिकृत


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पौने १७ लाख बढी कित्ता सेयर सूचिकृत भएको छ ।

नेप्सेमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १६ लाख ८३ हजार २५५ कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

गत आर्थिक वर्षका लागि यो लघुवित्तले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।