नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा विदुर धमला,महासचिवमा रोशन भोयद्यो


काठमाडौँ । नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा विदुर धमला निर्वाचित भएका छन् ।

काठमाडौँमा आज भएको १६ औँ साधारण सभाबाट धमला सर्वसम्मत रुपमा संघको अध्यक्ष निर्वाचित भएका हुन् ।

प्रथम उपाध्यक्षमा दीपक कुँवर, द्वितीय उपाध्यक्षमा पुरुषोत्तम पौडेल, तृतीय उपाध्यक्षमा सुमितकुमार अग्रवाल निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा रोशन भोयद्यो,सचिवमा गोविन्द्रप्रसाद लोहनी, कोषाध्यक्षमा तुलसीप्रसाद अधिकारी निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्मा बहाुदुरकृष्ण ताम्राकार, दीपककुमार मल्होत्रा, पूर्णिमा राजभण्डारी,निश्चलबहादुर श्रेष्ठ, बरुणकुमार आचार्य, डेगेन्द्रकुमार श्रेष्ठ र मनसुन वाग्ले निर्वाचित भएको मुख्य निर्वाचित अधिकृत डा. गोकुलप्रसाद बुर्लाकोटीले ले जानकारी दिए ।

अध्यक्षमा निर्वाचित भएपछि धमलाले आफू सामुहिकतामा विश्वास गर्ने भएकाले संघको सबै निर्णय सामुहिक हुने बताए ।

उनले घरजग्गा व्यायवसायको सदृढीकरणका लागि सामूहिक पहल थाल्नुपर्नेमा जोड दिए । उनले बैंकहरूको प्रवृत्ति व्यापार मात्रै प्रर्वद्धन गर्ने शैलीको भएको भन्दै उद्योग प्रर्वद्धनका लागि पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

अध्यक्ष धमलाले भने,“ बैंकहरूको शैली व्यापार प्रर्वद्धन गर्ने खालको छ । एक महिनामा ब्याज बुझाउनु पर्‍यो, किस्ता बुझाउनु पर्‍यो, त्रैमासिक रुपमा नाफा देखाउनु पर्‍यो । यो उद्योगमा सम्भव छैन । उद्योग स्थापना गर्न मात्रै २ वर्ष लाग्छ अनि एक महिनामै व्याज, किस्ता सबै कसरी दिन सक्छ । ”

सरकारको नीतिका कारण घर व्यावसाय संकटमा परेको भन्दै यसको सहजीकरण गर्नुपर्नेमा जोड दिए ।