थप १३ ब्रोकर कम्पनीले पाए आशय पत्र


काठमाडौँ । वुधवार बसेको धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले थप १३ कम्पनीलाई ब्रोकरको रुपमा काम गर्न आशय पत्र प्रदान गरेको छ। यसअघि १६ ब्रोकर कम्पनीले आशय पत्र पाएका थिए । योसँगै आशय पत्र पाउनेको संख्या २९ पुगेको छ ।

२०६८ मा २७ वटा नयाँ ब्रोकर थपिएपछि अहिले बजारमा ५० ब्रोकर कम्पनी संचालनमा छन। धितोपत्र बोर्डले असोजमै आवेदन मागेका ४५ मध्ये यसअघि १६ ब्रोकर कम्पनीले आशय पत्र दिएको थियो ।

नयाँ ब्रोकरको रुपमा सनराइज सेक्युरिटिज, जेबिएनएल सेक्युरिटिज, सेयर प्रो सेक्युरिटिज, स्टकस्टकार्टस सेक्युरिटिज, प्रोपर्टी बिजार्ड, क्यपिटल हब प्राली, मिल्की वे सेयर ब्रोकर कम्पनीले आशय पत्र पाएका हुन्।

यस्तै, ब्लूचिप सेक्युरिटिज, गरिमा सेक्युरिटिज, कलश स्टक मार्केट, मनि वर्ल्ड सेयर एक्सचेन्स, शुभकामना सेक्युरिटिज, मियो सेक्युरिटिज रहेका छन्।