मेराे मूल मुद्दा राष्ट्रिय अर्थतन्त्र नै हाेः स्वर्णिम वाग्ले


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले तनहुँ क्षेत्र नम्बर १ र चितवनका जनताले कागजकाे विद्राेह गरेकाे बताएका छन् । वाग्लेले शनिवार काठमाडाैँमा रहेका तनहुँबासी जनतालाइ धन्यवाद ज्ञापन गर्दै उनले जनताकाे विश्वासले चुनाव जितेकाे बताए । 

“इटा, बिटा र ठिटाकाे राजनीति नगरी चुनाव जितियाे, तनहुबसीले त्याे पर्खाल भत्काइ दिनुभयाे,” उनले भने, “म सबै वडामा पुग्न असाध्यै मन छ, धन्यवाद दिन मन छ। वाक्क लाग्ने गरि तपाईकाे घरमा आउछस भनेकाे छु, म जान्छु।”

राजनीतिप्रतिकाे वितृष्णा र रहेकाे खराब भाष्य चिरिदै जाने विश्वास व्यक्त गरे । “११ वर्षकाे उमेरबाट राजनीतिका कुरा सिक्दै गएकाे हुँ। नेपाली कांग्रेसबाटै जानै मन थियाे, तर कांग्रेस धेरै विग्री सकेछ,” उनले भने, “केही साथीहरू  बाहिर कमाएर आयाे, उतै पढ्याे भन्नुहुन्छ, निशुल्क छात्रवृत्ति पढ्न अवसर पाएपछि नजाउ त, मैले त्यसमा पस्छाताप मान्नुपर्ने?”  

नेताहरूकाे कृपा, निगाहमा गर्ने  राजनीतिकाे प्रखाल अब भत्किदै जाने वाग्लेकाे भनाइ छ । “यसपालि तनहु र चितवनमा कागजकाे विद्राेह देखियाे, अब रक्तपातकाे लडाइ हाेइन नागरिकले मुस्कानसहितकाे कागजी विद्राेह गर्नेछन्।” उनले भने। 

नेपालले खास विकास गर्ने अबकाे २० देखि ३० वर्ष भित्र रहेकाले पनि अब राजनीतिक नेतृत्वले विकासका एजेन्डालाइ प्राथमिकता दिनु पर्ने उनकाे ठम्याइ छ । “बालुवाटरमा शीर्ष नेता ५ पल्ट बैठक बस्नुहुन्छ, तर कुनै बैठक कसरी आर्थिक अवस्था कसरी सधार गर्ने, उद्दमशिलता बढाउने भन्ने बारेमा सुन्नुभएकाे छ?” नेताहरूतर्फ इंकित गर्दै भने, “उहाँहरू विन्दास हुनुहुन्छ, जेल बसेकाे ब्याज खान खाेज्दै हुनुहुन्छ। मिटरब्याजी, शरणार्थीकाे कुरा त जगजाहेर नै भयाे।” 

रास्वपा अब वैकल्पिक लाेकतान्त्रिक धार बन्दै जाने उनले बताए। इतिहासकाे कालखण्डमा भातृ संगठनले राम्रै काम गरे पनि अब त्यसकाे जरूरी नभएकाले रास्वपाले भातृ संगठन नराख्ने बताए । “ढाका श्रेष्ठलाई त्यसरी कारवाही गर्याैँ, टाेपबहादुर लुकाउन कसरी लागेका छन्, हामीले जनतालाई धेरै सम्भावना देखाएका छाैँ, चाहेर पनि हामी बिग्रने छुट छैन्।” समसामयीक विषयमा उनकाे भनाइ छ । 

पाँचवटै पालिकामा सम्पर्क व्याक्ति राखेर तनहुँमा आफ्नाे विज्ञता घाेप्ट्याउने उनकाे भनाइ छ । “तनहुँले गर्भ गर्न लायक संसद बन्न प्रयास रहने छ। कतार, काेरिया लगायतका मुलुकबाट मलाई भाेट हाल्न आउनुभएकाे थियाे, ४०० जना भारतीय सैनिकका भाइहरू मलाई जिताउन, घण्टीमा ड्याम ड्याम भाेट हाल्न आउनुभएकाे थियाे । उहाँहरू धन्यवाद।” उनले धन्यवाद ज्ञापन गरे।

आफ्नाे मुल मुद्दा राष्ट्रिय अर्थतन्त्र नै रहेकाे उनकाे भनाइ छ । वर्तमान सरकारप्रतिकाे समर्थन फिर्ता गरेकाे बारे चर्चा गर्दै भने, “तयारी गरेर २०८४  काे चुनावमा कमसेकम बहुमत ल्याउने गरि पार्टी विस्तार गर्नेछाैँ। अब हामी त्याे तयारीमा लाग्ने छाैँ।