आगामी बजेट दिगो, फराकिलो र समावेशी आर्थिक वृद्धि हासिल गर्नेगरी ल्याइन्छः अर्थमन्त्री डा.महत


काठमाडाैँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट दिगो,फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्नेगरी ल्याउने बताएका छन्। 

आईतवार प्रतिनिधि सभामा विनियोजित विधेयक २०८० का सिद्धान्त र प्राथमिकता प्रश्तुत गर्दै अर्थमन्त्री डा. महतले आगामी आर्थिक वर्षको बजेटमा रोजगारीका अवसरहरु बढाउने,सुशासन कायम गर्ने,सेवाप्रवाहमा सुधार र स्रोत साधनको परिचालनमा प्रभावकारीता गर्नेतर्फ परिलछित हुने जानकारी गराए।

“आगामी आर्थिक वर्षको बजेट दिगो,फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्ने, रोजगारीका अवसरहरु बढाउने,सुशासन कायम गर्ने,सेवाप्रवाहमा सुधार र स्रोत साधनको परिचालनमा प्रभावकारीता गर्नेतर्फ परिलक्षित हुने जानकारी गराउँछु । सवप्रथम मुलुकको अर्थतन्त्र र बजेट प्रणालीमा देखिएका विद्यमान समस्या तथा चुनौतीहरुलाई संक्षिप्तमा प्रश्तुत गर्न चाहन्छु ।” संसदमा बाेल्दै भने । 

डा. महतले विश्व आर्थिक परिदृश्यका साथै केही आन्तरिक कारणले गर्दा आर्थिक गतिविधिमा शिथिलता आई मुलुकको अर्थतन्त्र दबाबमा रहेको परिवेशमा अर्थमन्त्रीको जिम्मेवारी सम्हालिरहेको चर्चा गर्दै चालु आर्थिक वर्षमा उत्पादन, व्यापार र निर्माण क्षेत्रमा सुस्तता आएकाले आर्थिक वृद्धि न्युन हुने देखिएको बताए।

उनले भने, “विश्व आर्थिक परिदृश्यका साथै केही आन्तरिक कारणले गर्दा आर्थिक गतिविधिमा शिथिलता आई मुलुकको अर्थतन्त्र दबाबमा रहेको परिवेशमा अर्थमन्त्रीको जिम्मेवारी समालेको छु । लक्ष्य अनुसार राजश्व परिचालन हुन सकेको छैन । सार्वजनिक ऋणको दायित्व बढ्दै गएको छ । सरकारी खर्चको प्राथमिकिकरण हुन नसक्दा साधन स्रोत छरिने गरी बजेट बिनियोजन गर्ने,आर्थिक वर्षको अन्त्यतिर खर्च गर्ने प्रवृति कायम छ ।”

उनले लक्ष्य अनुसार राजश्व परिचालन हुन सकेको भन्दै सार्वजनिक ऋणको दायित्व समेत बढ्दै गएको उल्लेख गर्दै सरकारी खर्चको प्राथमिकिकरण हुन नसक्दा साधन स्रोत छरिने गरी बजेट विनियोजन गर्ने, आर्थिक वर्षको अन्त्यतिर खर्च गर्ने प्रवृत्ति कायम रहेको बताए।

डा. महतले साधारण खर्चमा वृद्धि हुँदै गएको भन्दै आयोजना कार्यान्वयन कमजोर हुँदा पुँजी खर्च न्युन हुनुका साथै खर्चको प्राभावकारीता बढ्न सकेको बताए । उनले आयोजना कार्यान्वयन कमजोर हुँदा पुँजी खर्च न्युन हुनुका साथै खर्चको प्राभावकारीता बढ्न नसक्दा सरकारको वित्त सन्तुलनमा चाप परेको जानकारी दिए। 

न्युन कुल गार्हस्थ्य वचत,मुद्रास्फिती, उत्तारचढाव युक्त पुँजीबजार,बढ्दो ब्याजदर,कमजोर पुँजीनिर्माण,निरन्तर उच्च व्यापार घाटा,बैंकिङ क्षेत्रमा खराब कर्जाको जोखिम जस्ता चुनौतिहरु अर्थतन्त्रमा विद्यमान रहेको दाबी डा. महतकाे छ । 

अर्थमन्त्री डा. महतले सरकार सामु राजनीतिक परिवर्तन पश्चात जनतामा बढ्दै गएको विकासको आकांक्षा सम्बोधन गर्न सक्ने गरी मुलुकको आर्थिक सामर्थ्य विकास गर्न सक्नुपर्ने चुनौति रहेको बताउनु बताए । अर्थतन्त्रका चुनौतीका बाबजुत विदेशी विनिमय सञ्चिती,रेमिट्यान्स,पर्यटन आगमन,बैंकिङ क्षेत्रको तरलता लगायत अर्थतन्त्रका केही सूचकहरु सुधार हुँदै गएको उल्लेख गरे। 

आर्थिक क्रियाकलापमा गतिशिलता ल्याएर अर्थतन्त्रलाई लयमा र्फकाउन सरकारी वित्तको पुनः संरचना गरी प्रभावकारी राजश्व परिचालन,परिणाममुखी पुँजीगत खर्च,अनउत्पादक क्षेत्रको खर्च कटौती र साधरण खर्चमा मितव्ययीता गर्न जरुरी रहेको उनकाे भनाइ छ । आगामी बजेटले निजी क्षेत्रको मनोवल वृद्धि,उद्यमशिलताको विकास, सेवाप्रवाहमा सुधार एवं शासन व्यवस्थामा पारदर्शिता कायम गर्नेतर्फ जोड दिनुपर्ने आवश्यकता रहेको बताए । 

“आगामी बजेटले निजी क्षेत्रको मनोवल वृद्धि,उद्यमशिलताको विकास, सेवाप्रवाहमा सुधार एवं शासन व्यवस्थामा पारदर्शिता कायम गर्नेतर्फ जोड दिनुपर्ने आवश्यकता बोध गरेको छु । विनियोजन विधेयक २०८० तर्जुमा गर्दा मुलुकको संविधान गठबन्धन सरकारको प्राथमिकता र साझा न्युनतम कार्यक्रम चालु आवधिक योजना,दिगो विकासका लक्ष्यहरु प्राप्ति गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिवद्धतालाई लिइनेछ ।” उनले भने ।

डा. महतले विनियोजन विधेयक २०८० तर्जुमा गर्दा मुलुकको संविधान गठबन्धन सरकारको प्राथमिकता र साझा न्युनतम कार्यक्रम चालु आवधिक योजना,दिगो विकासका लक्ष्यहरु प्राप्ति गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिवद्धता जनाउनु जनाए ।