पूर्व पाकिस्तानी प्रधानमन्त्री इमरान खान गिरफ्तार


काडमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राजधानी इस्लामावादमा अदालतमा हाजिरीका क्रममा गिरफ्तारमा परेका छन् ।

७० वर्षीय पूर्व पाकिस्तानी खानलाई भ्रष्टाचार विरोधी निकाय राष्ट्रिय जवाफदेहिता ब्यूरोका अर्धसैनिक बलले गिरफ्तार गरेका हुन् ।

गत वर्ष सत्ताबाट हटाएपछि, खानलाई दर्जनौं आरोपहरू लगाइएको छ, जसलाई उनले अस्वीकार गर्दै आइरहेका छन्। इमरान खानलाई कादिर ट्रस्ट मुद्दामा गिरफ्तार गरिएको छ, ‘इस्लामाबाद पुलिसले आफ्नो आधिकारिक ट्विटर खातामा भ्रष्टाचार मुद्दालाई उल्लेख गर्दै भन्यो।

पीटीआईका प्रवक्ता फवाद चौधरीले राजनीतिक नेतालाई ‘अज्ञात व्यक्तिहरूले अज्ञात स्थानमा लगेर लगेको’ बताएका छन्।

गत मार्चमा पाकिस्तानको लाहोरमा उनको निवासमा खानलाई भ्रष्टाचारको आरोपमा अदालतमा उपस्थित नभएकोमा पक्राउ गर्ने प्रयासपछि प्रहरी र उनका समर्थकहरू बीच झगडाको भएको थियो ।