टाटा मोटर्सको नयाँ शोरुम भक्तपुरमा


काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भक्तपुरमा नयाँ शोरुम विस्तार गरेको छ ।

नयाँ शोरुमको उद्‍घाटन सिप्रदीका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जब राणा र टाटा मोटर्स लिमिटेडका पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेसचन्द्रले संयुक्त रूपमा गरेका थिए । नयाँ शोरुममा टाटा मोटर्सको पेसेन्जर भेहिकलहरू पनि प्रदर्शन गरिएको थियो ।

उद्घाटन कार्यक्रममा सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष राणाले सिप्रदीको नयाँ शोरुम विस्तार गरी ग्राहकहरूलाई सेवा दिन पाउँदा निकै खुशी लागेको बताए ।

साथै उक्त नयाँ शोरुमले ग्राहकहरूलाई गाडी खरिद गर्दा र खरिदपछिको नयाँ विश्वसनीय अनुभूति प्रदान गर्ने समेत जानकारी गराए।