परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित : अर्थमन्त्री महत


काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताए ।

काठमाडौंमा आयोजित लगानी बोर्डको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ केन्द्रित गर्दा निजी र विकास क्षेत्रलाई सामेल गर्ने अवसर मिल्ने बताए ।

उनले प्रतिफलको आन्तरिक दर र परियोजनामा लगानी गरिएको जोखिम स्म्पतीको प्रतिफल लगायतमा छलफल चलाउन जरुरी रहेको बताए ।

देशलाई राष्ट्रिय गौरव र रणनीतिक परियोजनाहरू सञ्चालन गर्न सक्षम बनाउने अवसरहरू सिर्जना गर्न आवश्यक रहेको अर्थमन्त्री महतको भनाई थियो ।

उनले स्रोत बाँडफाँडको प्रक्रिया राष्ट्रिय स्वामित्वको हुनुपर्ने र राष्ट्रिय संस्थाहरूलाई कमजोर पार्नु नहुने उल्लेख गरे । अर्थमन्त्री महतले पर्यटन, जलविद्युत, कृषि व्यवसाय र आईटी लगायतका क्षेत्रबाट नेपालले तुलनात्मक रुपमा लाभ लिन सकिने बताए ।

उनले पर्यटन, जलविद्युत, कृषि व्यवसाय र आईटी क्षेत्रमा लगानी बिस्तार गर्न सरकार अनुकुल वातावरण र आकर्षक दर सुनिश्चित गर्न तयार रहेको बताए । आगामी दिनमा सम्भाव्य वित्तीय साधनको विकास गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उनको भनाई थियो ।

उनले भने,“हाल नेपालमा प्रत्यक्ष वैदेशिक लगानी दक्षिण एशियामा प्रवाहित कोषको ०.३ प्रतिशत मात्र हो । हामी मूल्याङ्कन प्रक्रिया पुनः शुरु गर्न र लगानीको अनुकुल वातावरण बनाउन अन्य सम्बन्धित सुधारहरू गर्न प्रतिवद्ध छौं । अब हाम्रो ध्यान परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ केन्द्रित हुनुपर्छ जसले गर्दा निजी र विकास क्षेत्रलाई सामेल गर्ने अवसर मिल्छ । प्रतिफलको आन्तरिक दर र परियोजनामा लगानी गरिएको जोखिम भारित सम्पतीको प्रतिफल जस्ता मेट्रिकहरूले छलफल चलाउन र लगानीकर्ताहरूलाई आकर्षित गर्नुपर्दछ ।”

मन्त्री महतले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी दक्षिण एशियामा प्रवाहित कोषको ०.३ प्रतिशत मात्र रहेको उल्लेख गरे ।