साझा यातायातले पाटनढोका–जोरपाटी विजुली बस सञ्चालन गर्ने


काठमाडौं । साझा यातायातले आफ्ना नयाँ बिजुली बसमार्फत नयाँ रुटमा सेवा सुरु गर्ने भएको छ । साझा यातायातले पाटनढोका–रत्नपार्क–ज्ञानेश्वर–रातोपुल–गौशाला–चाबहिल–बौद्ध–जोरपाटी–दक्षिणढोका रुटमा सोमबारदेखि ३ वटा विद्युतीय बस सञ्चालन गर्ने बताएको छ ।

साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेयका अनुसार यो रुटमा ३ वटा बिजुली बस चलाउन रुट इजाजत लिइएको छ । आज सोमबार दिउँसो २ः३० बजे पाटनढोकाबाट उक्त रुट हुँदै साझाको पहिलो बस छुट्ने भएको छ ।

साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेयका अनुसार यो रुटमा भविष्यमा १५ वटा बिजुली बस चलाउने योजना छ ।

साझा यातायातले खरिद गरेर ल्याएका ४० वटा बिजुली बसमध्ये यस अघि ३ वटा यसअघि नै सञ्चालनमा आइसकेका छन् । आजबाट थप ३ वटा बस सञ्चालनमा आउने भएका हुन् ।