पर्यटन मन्त्री किरातीको अनुभूति,‘संसद र सरकार अरुले नै चलाउँदो रहेछ’


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले संसद र सरकार अरुले नै चलाउँदो रहेछ भन्ने अनुभूति आफूलाई भएको बताउनु बताएका छन् ।

संघीय संसद अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा आज बसेको बैठकमा बोल्दै मन्त्री किरातीले मन्त्रीहरू अरुले नै चलाउने भएकाले आफूलाई भने ‘सो केसको मान्छे’ जस्तो भएर बस्नु परेको गुनासो समेत गरे ।

उनले पर्यटन क्षेत्रमा धैर ऐन बदल्नु पर्ने आवश्यक्ता भएको उल्लेख गर्दै त्यसमा सहयोग गर्न संघीय संसद र सांसदहरूलाई आग्रह समेत गरे ।

संसदमा बल दिएमात्रै आफूहरूले केही गर्न सक्ने अवस्था रहेको मन्त्री किरातीको भनाई थियो ।

मन्त्री किरातीले हवाई उडानको सुरक्षाका लागि आवश्यक विधेयक तत्काल मन्त्रीपरिषदबाट पास गराएर संसदमा पेश गर्ने उल्लेख गर्दै त्यसलाई छिटो पास गरिदिन पनि सांसदहरूको ध्यानाकर्षण समेत गराए ।

उनले भने,“यहाँ अरुले नै संसद चलाउँदो रहेछ । हामी त डमी मात्रै रहेछौं । अरुले नै चलाउँदो रहेछ मन्त्री त । हामीत शोकेशको मान्छे मात्रै रहेछौं । मलाई लागेको कुरा यो हो । हामीले पर्यटनको क्षेत्रमा हामीले धेरै ऐन बदल्नु छ ।”

मन्त्री किरातीले नेपालजस्तो सानो देशका लागि धेरै विमानस्थलहरु आवश्यक नभएको तर्क समेत गरे ।