नेप्सेमा दुई कम्पनीको ४९.९२ लाख कित्ता बोनस सेयर सूचीकृत


काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार नेपाल बैंक र फरर्वाड माइक्रोफाइनान्सको कुल ४९ लाख ९२ हजार २०८.४३ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

जसमा नेपाल बैंकले सेयरधनीलाई वितरण गरेको २ प्रतिशत लाभांश बापतको २८ लाख ८१ हजार १८०.९६६३ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । यस्तै फरर्वाड माइक्रोफाइनान्सको वितरण गरेको २५ प्रतिशत बोनस सेयर बापतको २१ लाख ११ हजार १२७.४६ कित्ता सेयर सूचिकृत भएको हो ।