नीति तथा कार्यक्रम : पुँजी बजारमा गैरआवासीय नेपालीलाई लगानी खुला गर्ने


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पुँजी बजारको संरचनागत सुधार गर्ने घोषणा गरेको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्टपति रामचन्द्र पौडेलले पुँजीबजारको विकास र विस्तारको लागि संरचनागत सुधार गरिने घोषणा गरेका हुन् ।

उनले पुँजी बजारमा गैरआवासिय नेपालीलाई लगानी खुला गर्ने घोषणा गरेका छन् । । सरकारले आगामी वर्षमा गैर आवसिय नेपालीको ज्ञानसिप पुँजी, प्रविधि सञ्जाल र पहुँचलाई मुलुकको संवृद्धिसँग जोड्न विषेश कार्यक्रम संचालन गर्ने भएको छ ।

त्यस्तै वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सरकारी ऋणपत्र साथै नीजि क्षेत्रका आयोजनाको प्राथमिक सेयरमा लगानी गर्न प्रेरित गरिने घोषणा गरेका छन् ।