नीति तथा कार्यक्रम : राइडर सेवा प्रदायक कानुन बनाइने


काठमाडौँ। सरकारले राइडर सेवा प्रदायक सम्बन्धमा आवश्यक कानुनको व्यवस्था गर्ने घोषणा गरेको छ ।

अगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले निजी तवरमा सार्वजनिक यातायात सेवा प्रदान गर्दै आएको राइडर सेवा प्रदायक सम्बन्धमा आवश्यक कानुनको व्यवस्था गरिने बताएका छन् ।

२०७६ माघ २९ गते उच्च अदालत पाटनले कानुन नै बनाएर राइडर सेवा नियमन गर्न आदेश दिएको थियो ।