नेप्से सामान्य अंकले बढ्दा कारोबार रकम डेढ अर्ब माथि


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा हरियाली छाएको छ । आइतबार नेप्से परिसूचक ५ अंकले बढ्दा कारोबार रकम भने डेढ अर्ब माथि पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आइतबार ५.८८ अंकले बढेर १८८३.२० अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ उपसमुहमध्ये ४ वटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी ९ वटा उपसमुहको सेयरमूल्य बढेको छ ।

आइतबार कारोबार रकमको आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको ६ करोड १७ लाख ६५ हजार ४ सय ८० रुपैयाँको कारोबार भएको छ ।

आइतबार नेप्सेमा राष्टिय बिमा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

कुल २७३ कम्पनीको ४८ लाख २८ हजार ७ सय ७६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६० करोड ४ लाख ९२ हजार ७ सय ३१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।