जेठ १८ गतेदेखि रावा इनर्जीको आइपीओ निष्काशन हुँदै


काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यही जेठ १८ गतेदेखि सर्वसाधारणका लागि करिब ७ लाख कित्ता सेयर आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले जारी पुँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँबराबरको अर्थात् १०० अंकित दरका कुल ८ लाख ४० कित्ता आईपीओ जारीका लागि स्वीकृति पाएको थियो।

जसमध्ये कम्पनीले १० प्रतिशतले हुन आउने ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ भने आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई ८७ हजार ६७० कित्ता सेयर बाँडफाँड गरेको थियो।

कम्पनीले आयोजना प्रभावित स्थानीयले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणका लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गर्न लागेको हो। यसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता सेयर छुट्याइएको छ। बाँकी ६ लाख ४३ हजार ६६७ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि १० हजार कित्ता सम्म आवेदन दिन सक्नेछन् । त्यस्तै उक्त आइपीओमा छिटोमा जेठ २२ गते र ढिलोमा जेठ ३२ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। खरिद आवेदन नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत दिन सकिनेछ।