साना तथा मझौला कम्पनीको धितोपत्र निष्काशन तथा कारोबार सम्बन्धी नियमावली स्वीकृतीका लागि अर्थमन्त्रालयमा


काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘साना तथा मझौला संगठित संस्था (एसएमई)) को धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली’को मस्यौदा स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ।

आइतबार (जेठ) गते उक्त नियमावली स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाइएको बोर्डका प्रवक्ता मुक्तिथान श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार गत जेठ ४ गते बसेको सेबोनको सञ्चालक समितिले उक्त निमायवलीको मस्यौदा पारित गरेर अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाउने निर्णय गरेको थियो ।

सेबोनले उक्त नियमावलीको मस्यौदा गत चैत १६ गते सार्वजनिक गर्दै सरोकारवालासँग रायसुझाव माग गरेको छ ।

उक्त नियमावलीको मस्यौदाअनुसार साना तथा मझौला सङ्गठित संस्था धितोपत्र बोर्डमा दर्ता हुनका लागि त्यस्ता संस्थाको चुक्ता पुँजी बढीमा रू २५ करोडसम्मको हुनेछ ।

प्रिमियममा धितोपत्रको सार्वजनिक निष्कासन गर्न संगठित संस्था लगातार पछिल्लो ३ वर्षसम्म खुद मुनाफामा सञ्चालनमा रहेको र संगठित संस्थाको प्रतिसेयर चुक्तापुँजीभन्दा प्रतिसेयर नेटवर्थ बढी भएको हुनुपर्नेछ।

नियमावलीको मस्यौदाअनुसार यस्ता कम्पनीले क्रेडिट रेटिङ गर्न अनिवार्य हुने छैन । तर प्रिमियममा धितोपत्रको सार्वजनिक निष्कासन गर्न चाहने संगठित संस्थाको साधारणसभाले प्रिमियम मूल्यमा धितोपत्र जारी गर्ने निर्णय गरेको र संगठित संस्थाले कम्तीमा औसत वा सोभन्दा माथिल्लो क्रेडिट रेटिङको ग्रेड प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।