हरि बुढामगरलाई स्वागत गर्न आतुर शुभेच्छुक (फोटाफिचर)


काठमाडौँ । घुँडामाथि सम्म दुवै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक हरिबहादुर बुढा मगरले सगरमाथाको कीर्तिमानी आरोहण गरि काठमाडौँ फर्किदैँ छन् ।

उनको विमानस्थलमा पर्यटनमन्त्री सुदन किरातीले स्वागत गर्ने कार्यक्रम छ । स्वागतका लागि उनका समर्थक, आफन्त, मगर संघ लगायतका दर्जनौ टोली विमानस्थलमा पुगेका छन् ।

जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको चुचुरो पाइला टेकेका हरिबहादुरले सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी(घुँडा माथिबाट दुवै अंगविच्छेदन)’ व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् ।

(प्रोस्थेटिक) कृतिम खुट्टाको सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन् । झण्डै ५ वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन् । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुबै खुट्टा घुँडा भन्दा माथिबाट गुमाएका थिए ।