महिन्द्राकाे एक्सयूभी-७०० र एक्सयूभी-३०० इटहरीमा सार्वजनिक


काठमाडौँ । सुनसरीको इटहरीमा महिन्द्रा एण्ड महिन्द्राको आफ्नो फ्ल्यागसीप ग्लोबल एक्सयूभी– ७०० र एक्सयूभी- ३०० सार्वजनिक गरिएको छ ।

क्षेत्रीय स्तरको पहिलो आधिकारिक नयाँ शोरूमबाट ग्राहकहरूले फ्ल्यागसीप ग्लोबल एक्सयूभी– ७०० र एक्सयूभी- ३०० खरिद गर्न सक्ने कम्पनीले बताएको छ । साथै यसका पार्टपुर्जाहरु पनि नयाँ शोरूममा उपलब्ध हुनेछन् ।

नयाँ शोरुमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ इटहरीका अध्यक्ष जीवन पराजुली र अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले संयुक्त रूपमा गरेका थिए ।

एक्सयूभी -७०० र एक्सयूभी -३०० नेपाली उपभोक्ताका लागि उपयुक्त रहेको र यसबाट उपभोक्ताहरूलाई सन्तुष्टि मिल्ने अपेक्षा कम्पनीले गरेको छ ।

आफ्नो पहिचानयुक्त एक्सयूभी ७०० र एक्सयूभी ३०० नयाँ ट्विन पिक्स ब्राण्डेड शोरुमले प्रिमियम एसयूभी सेगमेन्टमा मानक कायम गर्ने कम्पनीको विश्वास छ ।

नेपाली बजारमा एक्सयूभी- ७०० र एक्सयूभी -३०० को प्रारम्भिक मूल्य क्रमशः ७४ लाख र ४२ लाख ९५ हजार रूपैयाँ रहेको कम्पनीले बताएको छ