कुल पुँजीगत बजेटको न्युनतम १ प्रतिशत बजेट अनुसन्धान नवप्रवर्तन र आविष्कारमा खर्च गरिने


काठमाडौंँ । अर्थमन्त्री डा. प्रकाश शरण महतले सरकारले कुल पुँजीगत बजेटको न्युनतम १ प्रतिशत बजेट अनुसन्धान नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिइने बताएका छन् ।

अनुसन्धान नवप्रवर्तन र आविष्कारको लागि छुट्टै कोष स्थापनाको गर्न १ अर्ब रुपैयाँ विनियोजना गरिएको छ ।

आर्थिक वर्ष २०८० ८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले कोष सञ्चालन गर्न आवश्यक कानुन तर्जुमा गरिने जनाएका छन् । सरकारको विभिन्न निकायबाट अनुसन्धान नवप्रवर्तन र आविष्कार गर्न यसमा आबद्ध गर्दै लगनिे उल्लेख गरेका छन् ।