काभ्रेमा रहेको निर्माणाधिन औद्योगिक ग्रामलाई महिला उद्यमग्राम नामाकरण गरिने


काठमाडौंँ । अर्थमन्त्री डा. प्रकाश शरण महतले काभ्रेको पाँचखालमा रहेको निर्माणाधिन औद्योगिक ग्रामलाई महिला उद्यमग्राम नामाकरण गरिने बताएका छन् ।

आर्थिक वर्ष २०८० ८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले जसमा महिला उद्यमीलाई उद्योग सञ्चालन गर्न प्रोत्साहन गरिने बताएका हुन् ।

देशका विभिन्न ११३ स्थानीय तहमा निर्माणधिन औद्योगिक ग्रामको कामलाई तिव्रता दिइने उल्लेख गरिएको छ । पूर्वाधार निर्माण सम्पन्न भएका औद्योगिकग्राम स्थानिय तहलाई हस्तान्तरण गरि सञ्चालनमा ल्याइने भएको हो ।