एक सय रुपैयाँ अधिकृत पुँजी राखेर कम्पनी खोल्ने व्यवस्था मिलाउँदै सरकार


काठमाडौँ । नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि गर्दा शुल्क लाग्दै आएकोमा अबदेखि कुनै पनि शुल्क वा दस्तुर नलाग्ने भएको छ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८० ८१ को बजेट प्रस्तुत गर्दै न्यूनतम एक सय रुपैयाँमात्र अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सक्ने कानूनी व्यवस्था गरिने बताएका हुन् ।

उनले अनलाइनबाट नै कम्पनी दर्ता र खारेजी गर्न सकिने गरी प्रक्रियालाई सरल र पारदर्शी बनाइने उल्लेख गरेका छन् ।

विदेशी लगानीमा सञ्चालित उद्योगका लगानीकर्ता तथा सीपयुक्त जनशक्तिको भिसा प्राप्ति प्रक्रियालाई सरल र लचिलो बनाइने बताएका छन् ।