दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ४५ करोड विनियोजन


काठमाडौँ । सरकारले समुदायिक विद्यायलयमा संचालित दिवा खाजा कार्यक्रमलाई निरन्तर दिनको लागि ८ अर्ब ४५ करोड विनियोजन गरेको छ ।

सोमबार आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले दिवा खाजामा जंक फुड दिन नपाउने र स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार मात्र उपल्बध गराउने व्यवस्था गरिने बताएका हुन् ।

यसबाट ३२ लाख विद्यार्थी लाभवन्तित हुने उल्लेख गरिएको छ ।