स्वदेशी सिमेन्टको आन्तरिक खपत बढाउन सडक निर्माण गर्दा ढलान गरिने


काठमाडौँ । सरकारले स्वदेशी सिमेन्टको आन्तरिक खपत बढाउन पक्की सडक निर्माण गर्दा निश्चित मापदण्डको आधारमा ढलान गर्ने प्रविधि अवलम्वन गरिने जनाएको छ ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८० ८१ को बजेट प्रस्तुत गर्दे यसबाट टिकाउ र गुणस्तरीय सडक निर्माण हुने तथा बिटुमिनको आयात घट्ने विश्वास लिएको बताएका छन्।