बढ्यो सुनचाँदीको मूल्य


काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा ३ हजार रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ७८ हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार २ लाख ८१ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ४० रूपैयाँले बढेर ३ हजार ९९५ रूपैयाँमा कारोबार भइरहेको छ ।