द्विपक्षीय वार्ता गरी निर्यातलाई प्रोत्साहन र सहुलियतका लागि पहल गरिने


काठमाडौँ । नेपाल सन् २०२६ पछि अतिकम विकसित मुलुकबाट विकाशील मुलुकमा स्तरोन्नति हुँदै छ । स्तरोन्नतिपछि नेपालले पाउँदै आएको व्यापार सहुलियत कायम नहुने हुँदा युरोपियन युनियन र अमेरिका लगायत अन्य राष्ट्रसँग द्विपक्षीय वार्ता गरी निर्यातलाई प्रोत्साहन र सहुलियतका लागि पहल गरिने बताइएको छ ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८० ८१ को बजेट प्रस्तुत गर्दै अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएपछि सिर्जना हुने चुनौतीको सम्बोधन र अवसरको उपयोग गर्ने नीतिगत व्यवस्था गरी क्षेत्रगत कार्यक्रम तय गरिने बताएका हुन् ।