वैदेशिक रोजगारमा घाइते वा मृत्यु भएका श्रमिकको परिवारलाई क्षतिपूर्ति स्थानीय तहबाटै


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले वैदेशिक रोजगारमा घाइते वा मृत्यु भएका श्रमिकको परिवारलाई क्षतिपूर्ति स्थानीय तहबाटै प्राप्त गर्न सक्ने व्यवस्था मिलाइने बताएका छन् ।

सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले वैदेशिक रोजगारको सिलसिलामा विदेशमा अलपत्र परेका नागरिकहरूको शीघ्र उद्दार गरिने बताएका छन्।

वैदेशिक रोजगारीका क्रममा घाइते वा मृत्यु भएका श्रमिकको परिवारलाई प्रदान गरिने राहत, क्षतिपूर्ति, छात्रवृत्ति लगायतका कल्याणकारी सेवा सम्बन्धित स्थानीय तहबाटै प्राप्त गर्न सक्ने व्यवस्था मिलाइने उनले बताए।