पुँजी बजारमा संस्थागत लगानीकर्तालाई प्रोत्साहन गरिने


काठमाडौं । सरकारले धितोपत्रसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा समयानुकूल संशोधन गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजी बजारलाई सुदृढ र गतिशील बनाउन कानुनी व्यवस्थामा समयानुकुल संशोधन गरिने बताएका छन् ।

सरकारले आगामी आर्थिक वर्षमा आवश्यक पूर्वाधार तयार गरी कमोडीटिज एक्सचेन्ज मार्केट तथा एसएमईज प्लेटफर्म सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।

पुँजी वजारलाई पारदर्शी र प्रतिस्पर्धी बनाई लगानीकर्ताको हीत सुनिश्चित गर्नुका साथै पुँजी बजारमा संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्ने सरकारको लक्ष्य रहेको छ ।

गैर आवासीय नेपालीलाई धितोपत्र बजारमा सूचीकृत भएका जलविद्युत र अन्य वास्तविक क्षेत्रका कम्पनीमा लगानी गर्न खुला गर्ने व्यवस्था मिलाइने अर्थमन्त्रीले बताए ।

त्यस्तै अर्थमन्त्रिले पुँजी बजारका विकासको लागि धितोपत्र औजारहरूको विस्तार र विविधिकरण बताए ।