दुई कम्पनीको मर्जरलाई धितोपत्र बोर्डले दियो पूर्वस्वीकृति


काठमाडौं । नेपाल धितोपत्र बोर्डले सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको मर्जरलाई पूर्वस्वीकृति प्रदान गरेको छ।

दुवै कम्पनीलाई हिजो (जेठ १६ गते) मर्जरका लागि पूर्वस्वीकृति प्रदान गरेको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार धितोपत्र दर्ता गराएका संगठित संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति सम्बन्धमा निर्देशिका, २०७९ बमोजिम सामुदायिक र बिपिडब्लु लघुवित्तको मर्जरलाई पूर्वस्वीकृति प्रदान गरिएको हो।

यी दुवै लघुवित्तले सेबोनमा संयुक्त निवेदन दिँदै मर्जरका लागि स्वीकृति माग गरेका थिए। यी दुवै लघुवित्तबीच गत फागुन २९ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो।