ग्लोबल आइएमई बैंकले वृक्षारोपण गरी मनायो विश्व वातावरण दिवस


काठमाडौँ । ग्लोबल आइएमई बैंकले सातवटै प्रदेशमा वृक्षारोपण गर्दै विश्व वातावरण दिवस मनाएको छ ।

बैंकले “एक कर्मचारी, एक विरुवा रोपण” अभियानअन्तर्गत सातवटै प्रदेशमा विभिन्न प्रजातिक उन्नत बोटरबिरुवाहरू रोपेर विश्व वातावरण दिवस मनाएको हो ।

बैकले मोरङ्गको विराटनगर एयरपोर्ट रोड, सिराहाको मिर्चैया, काठमाडौँको टोखास्थित लाखे डाँडा, कास्कीको पोखरा रङ्गशाला परिसर, रुपन्देहीको तिलोत्तमा सामुदायिक पार्क र सुर्खेतको विरेन्द्रनगर चौहान पार्कमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो ।

बैंकले आयोजना गरेको यस वृहत् वृक्षारोपण कार्यक्रममा बैंकका कर्मचारीहरू, स्थानीय नागरिक लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता रहेको थियो ।

बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै आएको छ ।