नेप्सेमा झिनो वृद्धि, शिवम् सिमेन्टको आर्कषण कायमै


काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजारमा झिनो अंकको वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक ५ अंकले घटदा कारोबार रकममा भने गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक ५ अंकले बढेर २०४२ अंकमा पुगेको छ । सेन्सेटिभ परिसूचक भने ०.३० अंकले घटेर ३८३.३९ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपमुहमध्ये ६ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ७ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बुधबार नेप्सेमा कारोबार रकमको आधारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १७ करोड ९३ लाख ४६ हजार १५ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन सिटी होटलका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.२७ प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन भुगोल इर्नजी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.८६ प्रतिशतले घटेको छ ।

कुल २७० कम्पनीको ७८ लाख ९६ हजार ४ सय ७८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १६ करोड २८ लाख १० हजार ८ सय ४३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।