शाओमीले ल्यायो डेस्कटप मोनिटर


काठमाडाँ । शाओमीले एमआई २३.८ इन्च डेस्कटप मोनिटर १सी र एममआई डेस्कटप मोनिटर २७ इन्च लन्च गरेको छ ।

कम्पनीका अनुसार एमआई २३.८ इन्छ डेस्कटप मोनिटर १सी प्रयोगकर्ताहरूलाई इमर्सिभ भिजुअल अनुभव प्रदान गर्न डिजाइन गरिएकोले २३.८ इन्च आइपीएस एफएचडी डिस्प्लेसँग स्पष्ट र साँचिकै अगाडी भए जस्तो डिटेलहरू प्रदान गर्दछ ।यसको १७८ डिग्री भियुइंग एंगल रहेको छ ।

एमआई २७ इन्च डेस्कटप मोनिटर र एमआई २३.८ डेस्कटप मोनिटर १सीको बजार मूल्य रु. २२ हजार ९९९ र रु. १९ हजार ९९९ रहेको छ ।