नेपाली गोलभेंडाले उचित मूल्य नपाएको भन्दै कालिमाटी बजारमा फ्याँकियो गोलभेंडा


काठमाडौँ । नेपाली गोलभेंडाले उचित मूल्य नपाएको भन्दै कालीमाटीस्थित तरकारी बजारमा किसानहरुले गोलभेँडा फालेर विरोध प्रदर्शन गरेका छन् । आइतबार बिहान किसानहरुले कालीमाटी बजारमा ब्रिकी गर्न ल्याएका गोलभेडा फालेका हुन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार खपत हुन छाडेको भन्दै किसान र व्यापारीहरुले बजार परिसरभित्र गोलभेंडा फ्याँकेको हुन ।

प्रतिकिलो ४ रुपैयाँमा पनि गोलभेँडा ब्रिकी नभएको भन्दै किसान र व्यापारीले आइतबार बिहान करिब ३० हजार किलो गोलभेंडा सडकमा फ्याँकेर ‘गोलभेंडा होलिडे’ गरिएको समितिले जनाएको छ ।

अहिले कालीमाटी तरकारी बजारमा भारतीय गोलभेँडा प्रतिकिलो ४० रुपैयाँमा ब्रिकी भइरहेको छ भने नेपाली टनेलको गोलभेँडा ८ रुपैयाँ केजीमा ब्रिकी भइरहेको छ ।