काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा ५२ अंकले बढ्दा नेप्से परिसूचक करिब २१ सयको अंकको हाराहारीमा पुगेको छ । आज नेप्से परिसूचक ५२.२६ अंकले बढेर २०९४.३३ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा १० वटा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै मुनाफा कमाएका छन् ।
जसमध्ये ६ वटा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स,प्रभु लाइफ इन्स्योरेन्स, ग्रीन भेन्चर लिमिटेड, सुपर मोदी हाइडोपावर, आत्मनिर्भर लघुवित्त, मेन्छियेम हाइडोपावर लिमिटेडले सबैभन्दा धेरै मुनाफा कमाएका हुन् ।
यी कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।
त्यस्तै बाँकी ४ वटा कम्पनीको सेयरमूल्य ९ प्रतिशत भन्दा बढिले बढेको छ । सिटी होटल लिमिटेड, महुली लघुवित्त, साधना लघुवित्त, स्वेतगंगा हाइडोपावरको सेयर मूल्य ९ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्