काठमाडौं । न्यू स्टक एशोसिएसन अफ नेपालका पदाधिकारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।
नयाँ ब्रोकर लाईसेन्सको रोकिएको प्रक्रिया खुलाएर तत्काल कारोबार गर्न सहिजकरण गराउनको लागि पहल गरिदिन ओलीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
एसोसिएसनका प्रतिनिधिले अध्यक्ष ओलीलाई भेटेर १६ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
सर्वोच्च अदालतको आदेशलाई उल्लंघन गरेर अर्थ समितिले दिएको पूर्वाग्रपूर्ण, सीमित व्यवसायीको सिन्डिकेट र बजारमा एकाधिकारको अवस्थालाई निन्तरता दिने ढंगबाट जारी भएको निर्देशनलाई खारेज गर्दै आफ्नो दलका तर्फबाट नेपालको संविधानको धारा १२८ लाई पूर्ण रुपमा परिपालना गर्न आवश्यक पहलकदमी तथा सहजीकरण गरिदिन अध्यक्ष ओलीसमक्ष विज्ञप्तिमार्फत आग्रह गरिएको छ।
प्रतिनिधि सभाको अर्थ समितिले न्यूनतम मापदण्ड पूरा गरेको वा नगरेको सम्बन्धमा अध्ययन गर्ने भन्दै तत्कालका लागि नयाँ स्टक एक्सचेञ्ज र नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गरेको छ । अर्थ समितिको यो निर्देशनपछि ब्रोकर लाईसेन्स पाएका नयाँ सञ्चालकहरू मारमा परेको भन्दै आलोचना भइरहेको छ ।
न्यू स्टक ब्रोकर एशोसिएशन नेपाल पनि ब्रोकर लाइसेन्स प्रक्रिया रोक्नेसम्बन्धी अर्थ समितिको निर्णयको विरोधमा उत्रिइसकेको छ । नयाँ लाईसेन्स पाएका ब्रोकर कम्पनीहरू मिलेर स्थापना गरिएको यो एशोसिएशनले अर्थ समितिको निर्देशन खारेजीको माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।
प्रतिक्रिया दिनुहोस्