राज्यलाई संकट छ भने करको दायरा बढाओस्, भ्याटले उपभाेक्ता मारमा पर्छन्ः बानियाँ (अन्तवार्ता)


नेपालले विभिन्न प्रकारका फलफूल दुई दर्जन मुलुकबाट आयात गर्ने गरेको छ । नेपालले छिमेकी मुलुक, चीन, भारत, बङ्गलादेश लगायतका विभिन्न देशहरूबाट १३ प्रजातिका फलफूलहरू आयात गर्ने गरेको छ । नेपाली बजारमा उपलब्ध अधिकांश फलफूल  विदेशबाट नै आयात हुने गरेको पाइन्छ । सामान्य किसानले उत्पादन गरेका उत्पादन बजारसम्म ल्याएर राज्यले बिक्रीमा सहजीकरण गरिदिने हो भने स्वदेशी उत्पादन बढाउन मद्दत पुग्ने व्यवसायीहरूको धारणा छ । ढुवानीको समस्याले स्थानीय उत्पादन स्रोतमै कुहिने तथा मूल्य नपाउनेजस्ता समस्याहरू किसानले भोग्दै आउनुपर्ने बाध्यता छ । 

फलफूल खेतीमा नगन्य लगानी र उत्पादनको उचित व्यवस्थापन हुन नसक्दा स्थानीय उत्पादनले थप संकट झेल्नुपर्ने अवस्था बढेको किसानको गुनासो रहदै आएको छ । फलफूल व्यवसायी पनि नेपालमै उत्पादन बढाउन सके आफूहरुले प्राथमिकतासाथ विक्री गर्न सक्ने बताउछन् । फलफूल  व्यवसायमा केन्द्रित रहेर नेपाल फलफूल बजार थोक व्यवस्थापन संघका अध्यक्ष अमर बानिँयाले वर्षभरी नै आपूर्ति गर्नु पर्ने भएकाले स्वदेशी फलफूलले धान्न नसक्दा आयात गर्न बाध्य भएको बताउँछन् । पछिल्लो समयमा फलफूलको माग, आपूर्ति, बजार व्यवस्थापन, आर्थिक मन्दीको प्रभावदेखि सरकारले फलफूलमा भन्सार बढाउने र मूल्य अभिवृद्धि दर लगायउने लगायतका विषयमा केन्द्रीत भएर टक्सार संवाददाता रबि थापा र पुष्पा पालले बानियाँसँग गरेको कुराकानी ः 

फलफूल बजार थोक व्यवस्थापनको निम्ति कस्तो प्रयास गर्नुभएको छ ?

काठमाडौं महानगरपालिका नै सरसफाइको अभियानमा जुटेको बेला हाम्रो फलफूल बजार साँच्चै अस्तव्यस्त नै छ । यो निजी  क्षेत्र पनि भयो । यसलाई व्यवस्थित बनाउनको निम्ति कुनै पनि निर्माणको काम भएन । फोहोर मैलाको डम्पिङ साइड भएको ठाउँमा बाध्यताबस बस्न परेको छ । 

काठमाडौं महानगरपालिका नै सरसफाइको अभियानमा जुटेको बेला हाम्रो फलफूल बजार साँच्चै अस्तव्यस्त नै छ । यो निजी  क्षेत्र पनि भयो । यसलाई व्यवस्थित बनाउनको निम्ति कुनै पनि निर्माणको काम भएन । फोहोर मैलाको डम्पिङ साइड भएको ठाउँमा बाध्यताबस बस्न परेको छ ।

वास्तवमा भन्दा फलफूल भनेको वृद्धादेखि बालबालिकाले प्रयोग गर्ने संवेदनशील वस्तु भएकाले यसलाई व्यवस्थति गर्नैपर्ने हुन्छ । भर्खरै महानगरपालिकाले पनि हामीलाई जरिवाना तिराएकोे थियो । त्यसले गर्दा हामी सचेत हुने मौका पनि पाएका छौँ । हामीले पनि यसको व्यवस्थापनको निम्ति कामहरू गरेका छौँ । राज्यले पनि यसमा ध्यान दिन आवश्यक छ । राज्यसँग हामी सहकार्य गरेर जान खाजेको थियौँ तर हामीलाई सहयोग भने भएको छैन । राज्यलाई हामीले फोहोर व्यवस्थापन गरेबापत हामीले के दिनुपर्छ ? त्यसको लागि हामी फोहोर व्यवस्थापन समूहसँग सहकार्य गर्न अघि बढ्न तयार छौ । हामीले सहयोग पाएको खण्डमा फोहोर फलफूल  केन्द्र थप स्वच्छ, सुन्दर र व्यवस्थित पक्कै बनाउने छौँ । 

फलफूल थोक व्यवसायी संघ छ भनिरहँदा यो विषयमा राज्यलाई घच्घच्चाउन जानु भएन?

हामीले आजको दिनबाट मात्र होइन वर्षौंदेखि नै महानगरदेखि सरकारलाई यसको व्यवस्थापन गर्नको लागि घचघच्चाउने काम गर्दै आएका छौँ । महानगरले पनि हामीले आश्वासन दिएको थियो । महानगरले नै व्यवस्थित केन्द्र निर्माण गरिदिने भनेको थियो तर केही समयपछि त्यो विषय सेलायो । महानगरलाई हामीले फोहोर व्यवस्थापन गरेबापत लिने शुल्क हामीले तिर्न तयार छौँ तर यो क्षेत्रको व्यवस्थापन गर्न हामीलाई सहयोग गर्नुप-यो भनेर बाम्बार नै भन्दै आएका छौँ । फोहोर व्यवस्थापन नहुदाँ आज हाम्रो स्वास्थ्यमा पनि असर परेको छ ।

किसानले उत्पादन गरेको वस्तुको सहज बजारीकरण गर्न पनि समस्या भयो । केही समयअघि केही व्यापारीले साइकलमा उपभोक्ताको घरदैलोमा पु-याउने काम गर्थे । त्यो गर्दा सबैलाई राहत भएको थियो तर अहिले महानगरको अभियानले गर्दा कतिपय व्यापारीले घाटा बेहोर्नुपर्ने अवस्था आएको छ ।

आर्थिक मन्दीले राज्यलाई च्यापेको बेला फलफूल को व्यापार व्यवसाय कस्तो रुपमा चलेको छ ?

फलफूलको व्यापार एकदमै नाजुक अवस्थाबाट गुज्रिएको छ । आँपको व्यापारको कुरा गर्दा अहिले व्यापारीहरुले ५० देखि ६० रुपैयाँ किलोमा बेच्न बाध्य भएका छन् । जसका कारण किसानदेखि यहाँसम्म ल्याउने व्यापारीहरुले नोक्सान भोग्नु भएको छ । अर्को विषय जुन नेपाली उत्पादनलाई पनि बजार व्यवस्थापनमा पनि समस्या भएको छ  । किसानले उत्पादन गरेको वस्तुको सहज बजारीकरण गर्न पनि समस्या भयो । केही समयअघि केही व्यापारीले साइकलमा उपभोक्ताको घरदैलोमा पु-याउने काम गर्थे । त्यो गर्दा सबैलाई राहत भएको थियो तर अहिले महानगरको अभियानले गर्दा कतिपय व्यापारीले घाटा बेहोर्नुपर्ने अवस्था आएको छ ।

महानगरले साइकल व्यवसायलाई सहज रुपमा व्यापार गर्न नदिँदा फलफूल  व्यवसाय खस्किएको हो त ?

हो । हाम्रो व्यापार थोरै भएपछि खस्किएको छ । महानगरले गरेको काम पनि स्वागतयोग्य नै छ । तर पहिला जसरी साइकल व्यापारीहरुले हाम्रो फलफूल  उठाउने गर्थे तर अहिले त्यो नहुँदा फलफूलहरू छिट्टै बिग्रने जस्ता समस्या भोग्नु परेको छ । यो भनिरहँदा जता पनि साइकल व्यवसायले आफ्नो व्यापार गर्नुपर्छ भनेको होइन तर महानगरले प्रत्येक ठाउँठाउँमा खुद्रा व्यापार गर्ने ठाउँ तोकेर यसलाई व्यवस्थित गर्न आवश्यक छ ।

महानगरले गरेको काम पनि स्वागतयोग्य नै छ । तर पहिला जसरी साइकल व्यापारीहरुले हाम्रो फलफूल  उठाउने गर्थे तर अहिले त्यो नहुँदा फलफूलहरू छिट्टै बिग्रने जस्ता समस्या भोग्नु परेको छ । यो भनिरहँदा जता पनि साइकल व्यवसायले आफ्नो व्यापार गर्नुपर्छ भनेको होइन तर महानगरले प्रत्येक ठाउँठाउँमा खुद्रा व्यापार गर्ने ठाउँ तोकेर यसलाई व्यवस्थित गर्न आवश्यक छ ।

साइकल व्यवासायलाई बन्द गर्दा फलफूल व्यापारमा घाटा भयो भनिरहँदा यसलाई व्यवस्थित गर्न महानगरले कस्तो कदम चाल्न आवश्यक छ त ?

महानगरले त्यस्ता व्यापारीलाई एउटा छुट्टै खालको स्थान बनाउन आवश्यक छ । साइकल व्यापारीले लगेर बेच्ने भनेको पनि आमनागरिकलाई हो जसले सस्तोमा फलफूल  उपभोग गर्न सक्छ । उदाहारणको लागि पसलमा सय रुपैयाँमा पाइने आँपलाई साइकल व्यापारीले पचास रुपैयाँमा दिँदा आम गरिब जनतालाई त केही राहत त भयो नि । त्यसकारण यसलाई व्यवस्थित गर्न जरुरी छ । हाम्रो पनि यो बजार अव्यवस्ति छ । हामीलाई पनि नगरपालिकाले कुनै जग्गा दिएको खण्डमा संरचना हामी आफैँ बनाउँछौँ । 

विषादीमुक्त खाद्य वस्तु पाउन सकस भएको बेलामा फलफूलको विषादी परीक्षणको अवस्था कस्तो छ ?

देशको मुख्य सिमानामा फलफूलको परिक्षण तीव्र रुपमा नै हुन्छ । हामीले समाचारमा सुन्छौ लुकीछुपी आयात भयो भनेर तर यो सबै झुटो हो । अहिले हाम्रोमा तीव्र रुपमा परीक्षण त हुन्छ तर यो कतिको लाभदायी छ त भनेर क्रस परीक्षण नेपालका विभिन्न स्थानमा पनि हुन्छ । अहिले आँप खाएर नागरिक बिरामी भए भन्रे भा्रमक समाचार आउन थालेका छन् । त्यो गलत हो । त्यसको परिक्षण गर्न यहाँ विभिन्न सरकारी निकायहरू छन् तर हावाको भरमा बिरामी भए भन्नु हुँदैन ।

सरकारी निकायबाटे फलफूल थोकमा परिक्षणको निम्ती सरकारी निकायकाे उपस्थित हुने गरेको छ कि छैन ?

हामीले निकै कम आउने गरेको पाएका छौँ । वाणिज्य विभागका कर्मचारी कहिलेकाहीँ आउने त गर्नुहुन्छ तर जब गुनासो आउँछ, मिडियाले भा्रमक कुरा छाप्छन् त्यसपछि मात्रा उहाँहरुले चेकजाँचको निम्ती आउने गर्नुहुन्छ । त्यो गर्ने होइन । सिजन अनुसारको फलफूल मा चेकजाँच गर्न जरुरी  छ । हुन त यसको परीक्षण हुदैँ आएको छ तर राज्यले अझै प्रभावकारी रुपमा यसको परीक्षण गर्नुपर्छ । 

तपाइँ विगतबाट फलफूल व्यवसाय गर्दै आउदा यसको माग र मूल्यमा के फरक पाउनु भएको छ ?

फलफूलको मूल्यमा त्यस्तो उतरचढाव त छैन । हामी अझै पनि आयातीत फलफूलमा नै निर्भर हुने अवस्था छ । सरकारले फलफूल  उत्पादनमा जोड दिन आवश्यक छ । भारत, चीनबाट फलफूल  आयात गर्दा कहिले यसको मूल्य बढेको हुन्छ, त्यसकारण हामी पहिला आफैँमा आत्मनिर्भर हुन आवश्यक छ ।

अहिले हाम्रोमा तीव्र रुपमा परीक्षण त हुन्छ तर यो कतिको लाभदायी छ त भनेर क्रस परीक्षण नेपालका विभिन्न स्थानमा पनि हुन्छ । अहिले आँप खाएर नागरिक बिरामी भए भन्रे भा्रमक समाचार आउन थालेका छन् । त्यो गलत हो । त्यसको परिक्षण गर्न यहाँ विभिन्न सरकारी निकायहरू छन् तर हावाको भरमा बिरामी भए भन्नु हुँदैन ।

सरकारले फलफूलमा भ्याट लगाउने भन्ने विषयमा तपाईँको धारण के छ ?

सरकारले गरेको यो निर्णय गलत हो । यो वस्तु निकै संवेदनशील वस्तु हो । बाटोमा ल्याउँदा ल्याउँदै कुहिनुपर्ने अवस्था छ । मैले पनि अघिल्लो वर्ष पहिरोको कारण बाटोमा यातायात नगुड्दा ६ लाखसम्मको नोक्सान बेर्होनु परेको थियो । यदि राज्यलाई संकट नै भएको छ भने करको दायरा बढाउँदा राम्रो तर यो अनावश्यक भ्याट लगाउँदा आम उपभोक्तलाई समेत नोक्सान भएको छ । मन्त्रिमण्डलदेखि राज्यका निकायमा यो विषयमा सोच्न आवश्यक छ । यदि नेपालमा नै यसको उत्पादनहरू बढाउने हो भने त बाहिरबाट ल्याउन आवश्यक नि छैन । उत्पादन बढाउदा यसको आयात बन्द हुन्छ र भ्याट लगाउन पनि पर्दैन । 

तपाईँहरूले सरकारलाई भ्याट लगाउँदा पर्ने प्रभावबारे सरकारलाई बुझाउनु भएन?

हामीले ज्ञापन पत्र पनि बुुझाएका छौँ, राजस्व सचिवलाई पनि भेटेका छौँ । उहाँहरुले फाइनल भएको छैन भन्नुभएको छ । फलफूल मा कर लगाउने कुरा उठायो त्यही दिनबाट हामीले विरोध गरेका छौँ । तत्काललाई हेर्नु हुुन्छ भने स्याउको मुुल्य तीन सय नाघिसकेको छ । अब केही दिनमा नै चाइनाबाट स्याउ आउन सुरु हुन्छ जसको मूल्य ५ सयसम्म पुग्न सक्छ । यो भनेको आम उपभोक्तालाई नै सिधा असर पर्ने विषय हो । यसमा सरकारले ध्यान दिनुु नै पर्छ । 

यदि राज्यलाई संकट नै भएको छ भने करको दायरा बढाउँदा राम्रो तर यो अनावश्यक भ्याट लगाउँदा आम उपभोक्तलाई समेत नोक्सान भएको छ । मन्त्रिमण्डलदेखि राज्यका निकायमा यो विषयमा सोच्न आवश्यक छ । यदि नेपालमा नै यसको उत्पादनहरू बढाउने हो भने त बाहिरबाट ल्याउन आवश्यक नि छैन । उत्पादन बढाउदा यसको आयात बन्द हुन्छ र भ्याट लगाउन पनि पर्दैन । 

माग र आपूर्तिलाई फलफूलले धान्न सकेको अवस्था हो वा कस्तो छ अवस्था?

अहिलेको अवस्थामा धानेको छ । तर अहिले पहिलो पटक चाइनाको सुन्तला बजारमा भेटिएको छ। जुन नेपालीले साढे तीन सय रुपैयाँ हालेर खाएका छन् ।  राज्यले नेपालमा नै उत्पादन भएको सुन्तलालाई कसरी व्यवस्थित तरिकाको कोल्ड स्टोर राख्न सकिन्छ भनेर त्यस विषयमा ध्यान दिन आवश्यक छ  । नेपालमा फलफूलको माग बढ्दो छ । अहिले फलफूलको भ्याट लगाउने निर्णयले गर्दा वस्तुको मूल्य बढेको छ । त्यही पनि उपभोक्ताले खाएका छन् । तर हाम्रो राज्यमा उत्पादन नहुने वस्तु केही छैनन् । फलफूलको विषयमा कुरा गर्दा हाम्रो देशमा उत्पादन हुने फलफूल अरु कुनै राज्यमा हुदैँन । 

सरकारले फलफूलमा राज्यलाई आत्मनिर्भर बनाउनको लगि के गर्न आवश्यक छ ?

मैले बारम्बार भनेको छु किसानलाई अनुदान मात्रा बाँढेर देश फलफूलदेखि अन्य वस्तुमा आत्मनिर्भर हुदैँन । एक त किसानको हातमा अनुदान पनि पुग्दा पनि पुग्दैन । जो बाठो छ त्यसको हातमा मात्र  अनुदान पुग्छ ।  अनुदानभन्दा फलफूल उत्पादनको सम्भावना बोकेको क्षेत्रहरुमा विज्ञहरू खटाएर खेतिको बिमा जस्ता नीति बनाएर अघि बढ्न आवश्यक छ । आजको दिनमा दैनिक काठमाडौँमा १०० टनसम्म खरबुजा भित्रिएको पाइन्छ । त्यो भनेको ३० रुपैयाँको दरले ३० लाख रुपैयाँ दैनिक बिक्री वितरण भएको छ । त्यसलाई हामीले नेपालमै उत्पादन ग-यौं भने त त्यो रकम नेपालमा नै रहने भयो । राज्यले अनुदान दिएका छौ भनेर ढुक्कसँग बस्दा  किसानको मर्का बुझ्ने अवस्था छैन । जबसम्म व्यावसायिक खेति गर्न नीति सरकारले ल्याउँदैन त्यो बेलासम्म किसानलाई सहज वातावरणको सिर्जना हुँदैन।

कोल्ड स्टोर राम्रो नहुँदा फलफूल कुहिनेदेखि सड्ने समस्या बढ्दो छ, के कोल्डस्टोर निर्माण गर्न लापरबाही भएको हो त ?

हो । स्याङ्जाको पुतलीबजारमा पनि यस्तै घटना भएको थियो । त्यो ठाउँमा जनशक्ति र ज्ञानको कमी हुँदा नै कोल्डस्टोरमा रहेका सुन्तला कुहिएको थियो । खासगरि सुन्तला ३५ दिनसम्म मात्र कोल्ड स्टोरमा राख्न उपयुक्त हुने गर्छ तर त्यहाँका किसानहरुले २ महिनासम्म राखेका थिए । त्यो कारणले पनि त्यी सुन्तला कुहिएको हो । त्यसकारण किसानलाई यसको विषयमा प्राप्त तालिम दिनुपर्ने आवश्यक छ । कसरी फलफूल कोल्ड स्टोरमा राख्ने भन्ने विषयमा तालिमको आवश्यकता बढी हुन्छ । कोल्ड स्टोरमा राख्दा ग्रेडिनदेखि प्याकेजिङको विषयमा ज्ञान हुनुपर्छ । 

किसानलाई अनुदान मात्रा बाँढेर देश फलफूलदेखि अन्य वस्तुमा आत्मनिर्भर हुदैँन । एक त किसानको हातमा अनुदान पनि पुग्दा पनि पुग्दैन । जो बाठो छ त्यसको हातमा मात्र  अनुदान पुग्छ ।  अनुदानभन्दा फलफूल उत्पादनको सम्भावना बोकेको क्षेत्रहरुमा विज्ञहरू खटाएर खेतिको बिमा जस्ता नीति बनाएर अघि बढ्न आवश्यक छ ।

कोभिडको समयमा र अहिलेको समयमा फलफूल व्यवसायको अवस्था कस्तो छ ? 

कोभिडको बेलामा यो व्यवसायमा त्यस्तो केही नोक्सान भएको थिएन । सबै मान्छेहरू खुसी थिए तर अहिले देख्छु चाहे व्यापारी होस् चाहे किसान होस्  आर्थिक मन्दीका कारणले गर्दा कोही पनि खुशी भएको पाइदैन । अहिले सामान ल्याए पनि सड्ने, गल्ने गर्दा खरिद गरेर ल्याउँदा घाटा खानुपर्ने अवस्था छ । साँच्चै भन्ने हो भन व्यवसाय अघिल्लो वर्षको तुलनामा अहिले त ४० प्रतिशत व्यापार घटेको अवस्था छ ।

फलफूल व्यवसायको चुनौती  के–के छन्? यसमा राज्यले खेल्नुपर्ने भूमिका के छ ? 

सरकारले अहिले फलफूलमा भ्याट लगाउने विषयले गर्दा आम उपभोक्तालाई यसले मारमा पार्छ । यसले गर्दा सानोतिना व्यापारीहरू पनि विस्थापित भएर जानुु पर्ने हो कि भन्ने चिन्ता भएको छ । हामी व्यवसायीलाई परेको समस्या भनेको एक त हामी भन्सारमा लाखौँ मुल्य तिरेर फलफूल आयात गर्दै आएका छौँ । त्यसपछि बिचबिचमा हामीलाई दुख दिने मनसायले बिचमा नै गाडीहरू रोकिदिने, थर्काउने, पैसा माग्ने जस्ता कार्य हुँदै आएको छ । सरकारले यथाशीघ्र यस्तो कार्यलाई रोक्नुपर्छ । यो कार्य निरन्तर भयो आम उपभोक्ताले किन्ने फलफूलमा त्यसको मूल्य जोडिन जान्छ र उनीहरुको मूल्य वृद्धिको चपेटामा पर्छन् ।

कृषि सहकारीले फलफूल व्यावसायमा कस्तो भूमिका निर्वाह गरेका छन् ?

चितवनमा धेरै जनाले सहकारी मार्फत नै केरा व्यावसाय गर्दै आएका छन् । उहाँहरुलाई मैले भनेको छु सहकारी मार्फत तपाईँहरूगएपछि त्यसको गुणमा ध्यान दिनुहोला । कृषि गर्ने भनेर सहकारीबाट ऋण  लिएका सबैले यसको सही सदुपयोग गर्नपर्यो । त्यो भयो भने सहकारी मार्फत फलफूल व्यावसायमा राम्रो योगदान दिने छ । 

कोभिडको बेलामा यो व्यवसायमा त्यस्तो केही नोक्सान भएको थिएन । सबै मान्छेहरू खुसी थिए तर अहिले देख्छु चाहे व्यापारी होस् चाहे किसान होस्  आर्थिक मन्दीका कारणले गर्दा कोही पनि खुशी भएको पाइदैन । अहिले सामान ल्याए पनि सड्ने, गल्ने गर्दा खरिद गरेर ल्याउँदा घाटा खानुपर्ने अवस्था छ । साँच्चै भन्ने हो भन व्यवसाय अघिल्लो वर्षको तुलनामा अहिले त ४० प्रतिशत व्यापार घटेको अवस्था छ ।

विगतमा जस्तो किसानले फलफूलले उचित बजार नपाएर फाल्नु पर्ने समस्या भोग्नुपर्छ कि पर्दैन ?

त्यस्तो समस्या नआउला । त्यसको लागि राज्यले नीति पनि लिन पर्यो । मेरो भनाइ के छ भने किसानको उत्पादनले बजार पाएन भने त्यसको निर्यात गर्न सरकारले भूमिका निर्वाह गर्नुपर्छ । त्यस्तै सरकारले फलफूलमा देशलाई आत्मनिर्भर बनाउन आवश्यक पनि छ र त्यो खालको नीति ल्याउन पनि आवश्यक छ । नागरिकको माग अनुसार नै व्यवसायीले फलफूलको निर्यात गर्छ यदि चाइनाको सुन्तलाको माग बढी हुन्छ भने भोलि व्यवसायीले चाइनाको सुन्तला बढी आयात गर्छ । त्यसकारण देशको अर्थतन्त्र बलियो बनाउनको लागि पहिला राज्य बलियो हुन आवश्यक छ । 

हामी भन्सारमा लाखौँ मुल्य तिरेर फलफूल आयात गर्दै आएका छौँ । त्यसपछि बिचबिचमा हामीलाई दुख दिने मनसायले बिचमा नै गाडीहरू रोकिदिने, थर्काउने, पैसा माग्ने जस्ता कार्य हुँदै आएको छ । सरकारले यथाशीघ्र यस्तो कार्यलाई रोक्नुपर्छ । यो कार्य निरन्तर भयो आम उपभोक्ताले किन्ने फलफूलमा त्यसको मूल्य जोडिन जान्छ र उनीहरुको मूल्य वृद्धिको चपेटामा पर्छन् ।

नेपालबाट वार्षिक फलफूल निर्यात भएको छ ?

फलफूल निर्यात नै भएको छैन । एकपटक स्याङ्जाको सुन्तला बंगलादेश पठाउने प्रयास गरिएको थियो तर सकेनौँ । वास्तवमा नेपालको फलफूल उत्पादनले हामीलाई नै पुगेका छैन । त्यो कारणले हामीले बाहिर पठाउने भन्दापनि बाहिरबाट आएको फलफूलहरुलाई विस्थापित गरेर आत्मनिर्भर बन्र तर्फ लाग्नुपर्छ ।