‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ हुँदै


काठमाडौँ । ‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को आयोजना हुने भएको छ। आइसिटी फाउण्डेसन नेपालको आयोजनामा असार ८ र ९ गते कन्क्लेभ हुन लागेको हो । कन्क्लेभसँगै ह्वावेले मोबाइल नेपाल कंग्रेश (एमएनसी) को पनि आयोजना गर्नेछ ।

कन्क्लेभमा विभिन्न देशका आइसिटी बिज्ञहरु सहित ७० बढी स्रोत व्यक्तिहरु रहने उल्लेख गरिएको छ । काठमाडौँको द सोल्टी आयोजना हुने कन्क्लेभमा विभिन्न ६ थिममा १५ बढि सेसनहरु संचालन हुने जनाइएको छ । २ दिने कन्क्लेभमा दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेशबाट विषय विज्ञहरुको उपस्थिती रहनेछ।

आयोजका अनुसार ‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’ को नारा सहित आयोजना हुने कन्क्लेभले डिजिटल रुपान्तरणको लागि नेपालको सक्षमता र यसको लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिनेछ ।

कन्क्लेभसँगै शिर्ष प्रायोजक ह्वावेले छुट्टै हलमा मिनि मोवाइल वल्ड कंग्रेशको रुपमा मोवाइल नेपाल कंग्रेशको आयोजना गर्ने जनाइएको छ । सहभागीले ५ जी, एआईसँगै नयाँ प्रविधिहरुको जानकारी मोबाइल कंग्रेशमा पाउनेछन्। ह्वावे मोबाइल नेपाल सम्मेलन जुन विषय वस्तुमा केन्द्रित हुने उल्लेख गरिएको छ ।

सम्मेलनले गिगाभर्स इनिसिएटिभ, अल्ट्रा-अटोमेसन स्पीड अप, सेवाको रुपमा इन्टिलिजेन्ट कम्प्युटिङ्ग एण्ड नेटवर्क, भिन्न भिन्न अपेक्षाकृत मागहरु, र वातावरण, सामाजिक तथा सुशासनका लागि आफ्नो मार्ग निर्देशिका तय गरेको छ।

मोबाइल नेपाल कँग्रेस २०२३ ले डिजिटल नेपालतर्फको यात्रालाई गति दिनका लागि नेपालमा उपयोगी र व्यापारिक सम्भावना भएको विश्वव्यापी आविष्कार र समाधानहरुलाई छलफलमा ल्याउन मद्दत पुग्ने विश्वास ह्वावेको रहेको छ ।

आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभको दोस्रो संस्करण हो। कन्क्लेभको प्रि(इभेन्टको रुपमा फाउण्डेसनले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम सञ्चालन गरेको थियो। सातै प्रदेशको डिजिटल अवस्था र सक्षमताको जानकारी सहितको डिजीटल प्रदेश परिदृश्यको दोस्रो संस्करण कन्क्लेभमा सार्बजनिक गरिने जनाइएको छ ।