थ्रीस्टार हाइड्रोपावरको आइपीओमा आजदेखि आवेदन खुल्यो


काठमाडौं । थ्रीस्टार हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि सर्बसाधारणको लागि प्राथमिक सेयर (आइपीओ) निस्काशन गरेको छ । कम्पनीले असार ५ देखि सर्वसाधारणहरूका लागि ६ लाख बढि कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५ सय कित्ता सेयर आईपीओ निष्कासन गरेको हो । जसमध्ये १० अर्थात् ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख ९२ हजार ५०० कित्ता निष्कासन गरिसकेको छ । अहिले निष्कासन गर्न लागेकोमध्ये कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता छुट्याइएको छ । बाँकी ६ लाख १३ हजार १६२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीले उक्त आइपीओमा असार ४ गतेदेखि असार ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

लगानीकर्ताहरूले मेरो सेयर, सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट पनि आईपीओमा आवेदन दिन सक्नेछन् ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो आईपीओलाई इक्रा एनपी डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च स्तरको जोखिम रहेको संकेत गर्छ ।