कर्णाली प्रदेशमा एक वर्षमा वाणिज्य बैंकहरुको ८ ओटा शाखा विस्तार


काठमाडौँ । कर्णाली प्रदेशमा एक वर्षमा आठ ओटा वाणिज्य बैंकका शाखा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन अनुसार कर्णाली प्रदेशको अर्ध वार्षिक प्रतिवेदन २०७९/८० काे पुससम्मकाे तथ्यांक अनुसार एक वर्षमा आठ ओटा शाखा विस्तार भएको उल्लेख गरिएको छ ।

देशका सम्पूर्ण ७५३ वटा स्थानीय तहमा वाणिज्य बैंकको कम्तीमा एक शाखाको उपस्थिति हुनुपर्ने नीति रहेको छ । २०७९ पुस मसान्तसम्म कर्णाली प्रदेशका सबै ७९ स्थानीय तहहरुमा वाणिज्य बैंकको शाखा बिस्तार भएको छ ।

२०७८ पुष मसान्तसम्म कर्णाली प्रदेशमा १९५ वाणिज्य बैंकहरुको शाखा रहेकोमा २०७९ पुष मसान्तसम्म शाखा संख्या २०३ पुगेको छ । त्यसमध्ये सबैभन्दा धेरै शाखा रुकुम पश्चिममा ४ ओटा शाखा विस्तार भएको छ भने सुर्खेत, दैलेख, डोल्पा र कालिकोट जिल्लामा १ १ ओटा शाखा विस्तार भएका छन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार कर्णाली प्रदेशमा सबैभन्दा बढि वाणिज्य बैंकहरुको शाखा सु्र्खेतमा रहेको छ भने सबैभन्दा कम मुगुमा रहेको छ । सुर्खेतमा वाणिज्य बैंकहरुको शाखा ५३ ओटा रहेका छन् भने मुगुमा ८ ओटा रहेका छन् ।