नेपालको वैदेशिक व्यापार १६ प्रतिशतले घट्यो


काठमाडौँ । गत आर्थिक वर्ष २०७८\०७९ को एघार महिनाको तुलनामा चालु आर्थिक वर्षको एघार महिनामा १६.०१ प्रतिशतले आयात घटेको छ । नेपालको निर्यात २२.७४ प्रतिशतले घटेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख २६ हजार रुपैयाँ बराबरको सामान आयात गरेको छ । गतवर्षको यहि अवधिमा १७ खर्ब ६३ अर्ब २२ करोड ३० लाख ९६ हजार रुपैयाँ बराबरको आयात गरेको थियो ।

नेपालले चालू आर्थिक वर्षको एघार महिनामा १ खर्ब ४३ अर्ब ५८ करोड ६५ लाख ४४ हजार रुपैयाँ बराबरको आयात गरेको छ । गत आर्थिक वर्षको यहि अवधिमा १ खर्ब ८५ अर्ब ८३ करोड ७० लाख १८ हजार रुपैयाँ बराबरको निर्यात गरेको थियो । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको एघार महिनामा २२.७४ प्रतिशतले निर्यात घटेको हो ।

नेपालले यो एघार महिनामा १६ खर्ब २४ अर्ब ५६ करोड ७६ लाख ७१ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । नेपालको वैदेशिक १६.६५ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ ।