३ अर्ब ६१ करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार, २० अर्ब ५० करोड नविकरण गरिने


काठमाडौँ । नेपाल सरकारले ३ अर्ब ६१ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ भने २० अर्ब ५० करोड २० लाख रुपैयाँ बराबरको ऋण नविकरण गर्ने भएको छ ।

राष्ट्र बैंकले ९१ दिन अवधिको ट्रेजरी बिल बोलकबोल जारी गर्न लागेको हो । राष्ट्र बैंकले सोमबार २० अर्ब ५० करोड २० लाख रुपैयाँ बराबरको ऋण नविकरण गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ४ अर्बको, ९१ दिन अवधिको ६ अर्ब ५० करोड २५ लाख, १८२ दिन अवधिको ५ अर्ब र ३६४ दिन अवधिको ५ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुने छ ।