काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट संशोधन नभइकन पास हुने बताएका छन् ।
संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग आज कुरा गर्दै उनले बजेट असार १३ गते कुनैपनि संशोधन बिना पास हुने बताएका हुन् ।
सत्तारुढ दलभित्रै बजेटबारे असन्तुष्टि सार्वजनिक भइरहेका बेला अर्थमन्त्री महतले बजेट ल्याउँदा सिमित श्रोत, साधनलाई मध्यनजर गरेर ल्याएको र संशोधनबिना नै पास हुने अर्थमन्त्री महतको भनाई थियो ।
उनले आजको वास्तविकतामा बजेट आएको तर्क गरे ।
अर्थमन्त्री महतले बजेटमा समानता भएन भन्ने सांसदहरूको भनाइ आफूले मागेअनुसारको नआएको भन्नेमा मात्रै सिमित रहेको उल्लेख गरे । बजेटको सीमाभित्र रहेर सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन हुने उनको भनाई थिए ।
अर्थमन्त्री महतले भने,“ बजेट पास हुन्छ त्यसमा दुई मत नै छैन । थोरै साधन श्रोत, आवश्यकता धेरै यो आजको वास्तविकता हो । आजको सम्भावित श्रोत साधनलाई मध्यनजर गरेर नै बजेट ल्याएको हो । हाम्रो सम्भावित श्रोतलाई मध्यनजर राखेर कति खर्च गर्न सकिन्छ भन्ने हो ।”
मन्त्री महतले बजेट ल्याउनुपूर्व नै धेरै छलफल गरेर ल्याइएको भन्दै विधि भित्र रहेर पास हुने बताए ।
प्रतिक्रिया दिनुहोस्