ललिता निवास प्रकरणमा भाटभटेनीका सञ्चालक गुरुङसहित ५ जना पक्राउ


काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा कीर्ते प्रकरणमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ सहित ५ जनालाई पक्राउ गरेको जनाएको छ ।

सीर्आबीले गुरुङसहित मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र हुपेन्द्रमणी केसीलाई पक्राउ गरेको छ । उनीहरूलाई आजै सरकारी कागजात कीर्तेमा म्याद थप गर्ने तयारी छ ।

डेढ वर्षअघि महान्यायाधीवक्ताको हस्तक्षेपका कारण रोकिएको अनुसन्धान प्रहरीले अघि बढाउन थालेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, तत्कालीन आयोगका आयुक्तसहित १७५ जनाविरुद्ध २०७६ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।