सानिमा बैंकको ६७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले सुधिर कुमार अग्रवालको नाममा रहेको ६७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले पहिलो चरणमा विद्यमान संस्थापकहरुले मात्र आवेदन गर्न पाउने गरी उक्त सेयर बिक्रीमा ल्याएको हो ।

इच्छुक आवेदकले आज असार १४ गतेदेखि ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नारायणचौर नक्साल काठमाण्डौंमा आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ । सेयरको बिक्री मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ ।

तोकिएको मितिभित्र संस्थापक सेयरधनीको आवेदन नआएमा मात्र सेयरधनी भन्दा बाहिरका व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैकले जनाएको छ ।