सिटिजन्स बैंकको ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले ११ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको छ ।

बैंकले उक्त सेयर जेठ १७ गतेदेखि संस्थापक सेयर धनीका लागि आवेदन खुला गरेको थियो । तर ३५ दिन पुग्दा पनि संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणको लागि संस्थापक सेयर निष्काशन गरिएको बैकले जनाएको छ ।

बैंकले तारा विष्टको नाममा रहेको ११ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको न्यूनतम बिक्री मूल्य १३५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले आज असार २० गतेदेखि ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा सम्पर्क गर्न सक्नेछन् ।

लगानीकर्ताले के कति दररेटमा सेयर खरिद गर्ने हो सो उल्लेख गरी आवेदन दिन सक्नेछन् ।