काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ र बिक्रीदर १५२ रुपैयाँ ६० पैसा,एक युरोको खरिददर १७० रुपैयाँ ३२ पैसा र बिक्रीदर १७० रुपैयाँ ९९ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ १८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६५ पैसा,अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४० पैसा छ ।
यस्तै साउदी अरब रियाल एकको खरिददर ४० रुपैयाँ ५० पैसा र बिक्रीदर ४० रुपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७० पैसा र बिक्रीदर ४१ रुपैयाँ ८७ पैसा, थाई भाट एकको खरिददर ४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ ।
संयुक्त अरब इमिरेट्सको दिराम एकको खरिददर ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५५ पैसा, मलेसियन रिंगिट एकको खरिददर ३७ रुपैयाँ १९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ४५ पैसा, बहराइन दिनार एकको खरिददर ४०२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ५६ पैसा ओमानी रियाल एकको खरिददर ३९४ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्