सुरू भयाे इन्स्ट्रागामकाे नयाँ एप थ्रेड, ट्वीटरकाे प्रतिस्पर्धी थपियाे


काठमाडौँ । सामाजिक सञ्जाल ट्वीटरसँग मिल्दो सामाजिक सञ्जाल थ्रेड बिहीवारदेखि सुरू भएको छ । फेसबुकका संस्थापक मार्क जुकरवर्गले नयाँ एपको सार्वजनिक गरेका हुन् ।

थ्रेड एप आईओएस र एन्ड्रोइड दुबै स्मार्टफोनमा चलाउन मिल्छ । थ्रेड एप इन्स्टाग्राम अकाउन्टमा आधारित रहेको छ । अर्थात् इन्स्ट्राग्राममा सक्रिय प्रयोगकर्ताले सहजै रूपमा थर्क एकाउन्ट बनाएर चलाउन सक्नेछन्।

थ्रेडमा तस्बिर र पाँच सय शब्दका अलावा पाँच मिनेट लामो भिडिओ पोष्ट गर्न मिल्छ। पोस्टलाई सहजै इन्स्टाग्रामको स्टोरी तथा फिडमा राख्न सकिन्छ । सुरूवाती चरणमा थेर्ड एप एक सय देशमा उपलब्ध छ ।

छिटो छिटो नयाँ नयाँ नियमहरू ल्याउने गरेका ट्वीटरका प्रमुख एलन मस्कको नीतिबाट थेर्डले लाभ लिन सक्ला? विश्व प्रविधि जगतमा तेर्सिएको पेचिलो प्रश्न हो यो ।