घोराही सिमेन्टको आइपीओमा पुनः आजदेखि आवेदन खुल्यो, पहिल्यै आवेदन दिएकाहरुले थपघट वा खारेज गर्न सक्ने


काठमाडौं । विवादित बनेको घोराही सिमेन्टको आइपीओ पुनः आवेदन खुला गरिएको छ । नेपाल धितोपत्र बोर्डले यस अघि अर्थात असार ४ गतेदेखि स्थगित भएको घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको आईपीओ निष्काशन आज अर्थात असार २२ गतेदेखि पुनः निष्काशन तथा बिक्री खुला गरिएको छ ।

घोराही सिमेन्ट प्रकरणको अनुसन्धान अगाडी बढाउँदै आइपीओ निष्काशन गर्न बोर्डले निर्देशन दिएको थियो । जसअनुसार बिक्री प्रबन्धक हिमालयन क्यापिटलले आज शुक्रबारदेखि आईपिओ बिक्री पुनस् सुचारु गरिएको जनाएको हो ।

बोर्डले दिएको निर्देशन अनुसार यस अघि आईपीओ भरेर आवेदन दिइसकेका आवेदकहरुले असार २२ गतेदेखि २४ गतेसम्मको अवधिमा आवेदनमा दिएको सेयर संख्या थप रघट गर्न वा आवेदन फिर्ता वा बदर गर्न चाहेमा आफ्नो सि आस्बा सदस्य, बैंक तथा वित्तीय संस्थाहरुमा गई लिखित निवदेन दिन सकिने सूचनामा उल्लेख छ। हालको मेरोसेयरमा कित्ता थपघट वा आवेदन खारेज फिचर नभएको कारण आवेदनकर्ताले सि आश्वा सदस्य, बैंक तथा वित्तीय संस्थामै गएर कित्ता थपघट वा खारेज गर्न अनुरोध गर्नुपर्ने सिडिएसीले जनाएको छ ।

घोराही सिमेन्टको यस आईपीओ कम्पनीले प्रति सेयर कित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गर्दै प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीका अनुसार कम्पनीको आईपीओ असार २४ गते, आइतबारसम्म आवेदन दिने मिति तय गरिएको उक्त अवधिसम्ममा माग अनुसारको आवेदन नपरेमा खण्डमा असार ३१ गतेसम्म निष्काशन अवधि लम्बिने छ ।

यसआईपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ताका र अधिकतममा १० लाख कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्गको ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीको उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।