२ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्न सिनर्जी पावरे पायो धितोपत्र बोर्डबाट अनुमति


काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडलाई हकप्रद सेयर निष्काशनको अनुमति दिएको छ । बोर्डले हाल कायम रहेको चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति प्रदान गरेको हो ।

कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत अर्थात हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर अनुपातमा आफ्ना सेयरधनीहरूलाई ४० लाख ३२ हजार ८ सय ७५ कित्ता हकप्रद सेयर निष्कासन गर्न गत फागुन ५ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।

कम्पनीले उक्त हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।