एकैदिनमा २० अर्ब रुपैयाँ तरलता थपियो


काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा एकैदिनमा २० अर्ब रुपैयाँ तरलता थपिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार असार २३ गते ५६ खर्ब ९५ अर्ब रुपैयाँ रहेको निक्षेप असार २४ गते ५७ खर्ब १५ अर्ब रुपैयाँ थपिएको हो । त्यसमध्ये वाणिज्य बैंकहरुमा नै १९ अर्ब रुपैयाँ थपिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कर्जा प्रवाह भने यो अवधिमा स्थिर रहेको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले ४८ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

अन्तर बैंक ब्याजदर १.३६ प्रतिशतमा झरेको छ । बैंक तथा वित्तीय अधिक तरलता भएसँगै अन्तर बैंक ब्याजदर १.३६ प्रतिशतमा झरेको हो । राष्ट्र बैंकले मंगलबार (आज) रिभर्स रिपोमार्फत बैंकिङ प्रणालीबाट २० अर्ब खिच्न लागेको छ। अधिक तरलता भएपछि १४ दिनको लागि रिर्भस रिपामार्फत तरलता खिच्न लागेको हो ।

कर्जा निक्षेप अनुपात ८२.०३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।